दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह काभ्रेमा बन्दै

जनपत्र
२ मंसिर २०७८, बिहीबार ०८:२५

नेपालमा दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह ‘नेपाली स्याट–२ विद्यालय’ बन्ने भएको छ । उक्त उपग्रह कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले निर्माण गर्न लागेका हुन् । पहिलो नेपाली भू–उपग्रहको सफलतापछि दोस्रो भू–उपग्रह निर्माण हुने भएको छ । नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान,अन्तरिक्ष प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय हाईस्कूलको संयुक्त साझदारीमा विद्यालयका विद्यार्थीहरूबाट दोस्रो भू–उपग्रह परियोजना काभ्रेमा सुरु भएको छ । उक्त अन्तरिक्ष भू–उपग्रह निर्माणका लागि प्रयोगशाला काभ्रेको काठमाडौ विश्वविद्यालय हाईस्कूल चौकोटमा रहेको छ ।

दोस्रो भू–उपग्रह निर्माण परियोजनाका प्रमुख वैज्ञानिक डा। आभाष मास्केका अनुसार दुई वर्षभित्रमा दोस्रो भू–उपग्रह बन्ने छ । यो परियोजना थाइल्याण्ड आर्थिक विकासका लागि आन्तरिक प्राविधिक संस्था मिनी बर्डको एउटा भाग भएको डा। मास्केले जानकारी दिए । जसमा थाइल्याण्डले चार वटा भू–उपग्रह बनाउने छन् भने नेपालले एउटा बनाउने उनको भनाई छ । त्यसका लागि काठमाडौं विश्वविद्यालय हाईस्कूलमा सुरु भएको छ ।

पहिलो नेपाली भू–उपग्रह सन् २०१९ मा निर्माण भएको थियो भने दोस्रो भू–उपग्रह २०२३ मा निर्माण भइसक्ने डा। मास्केको भनाई छ । यस परियोजनाको मुख्य उद्देश्य नेपालका सरकारी माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूले पनि भू–उपग्रह निर्माण गर्न सक्छन् भनेर देखाउने रहेको मास्केको भनाई छ । उक्त परियोजना संचालनको लागि डा। महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र नाटकम र युनेस्कोको पनि सहयोग रहेको डा। मास्केले जानकारी दिए । नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*