प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासकाे मत

जनपत्र
१ मंसिर २०७८, बुधबार १५:१२

काठमाण्डाै – प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाकाे आज बुधवारकाे बैठमा मुख्यमन्त्री राईले विश्वासकाे मत पाउनुभएकाे हाे ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत प्राप्त गर्नुभएको छ । ७९ मत खसेकोमा राईको विपक्षमा २९ मत परेको छ । एमालेका १० जना सांसद आजकाे बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार बनेको थियो । पाँच दलीय गठबन्धन सरकारमा समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

विश्वासको मत लिएपछि अब प्रदेश १ को मन्त्रिमण्डल विस्तार गर्ने राईको तयारी छ । भागबन्डा मिलाउनका लागि केही मन्त्रालय फुटाएर मन्त्री सङ्ख्या बढाउने तयारी रहेको मुख्यमन्त्री राईले यसअघि नै बताइसक्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*