मकवानपुर गढी र मनहरी गाउँपालिकामा पक्की सडक निर्माणमा प्राथमिकता

हेटौंडा । मकवानपुरको हेटौंडा संगै गाउँपालिका क्षेत्रका सडकहरु पनि पक्की बन्दै गएका छन् । हेटौंडाका पहिलेका ११ वटा वडामा धेरैसजसो मुल सडकहरु पिच गर्ने, स्लाढ ढलान गर्ने काम तिब्र गतिमा अगाडी बढेको छ । त्यस संगै संगै मकवानपुरको गाउँपालिकाहरुमा पनि पक्ककी सडक निर्माण गर्नका लागि ठुलै रकम खर्च हुने गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका र मकवानपुर गढी गाउँपालिकामा पक्की सडक निर्माणले दुईबर्ष यता निकै गति पाएको छ ।
गाउँपालिकामा सडक नपुगेका स्थानमा सडक खन्ने र सडक ट्रयाक खोल्ने काम संगै सडकलाई पक्की बनाउने कामलाई पनि उत्तिकै प्राथमिकता दिइएको हो । मकवानपुरको मनहरी गाउँपालिकाको सबैजसो वडामा कुनै न कुनै स्थानको सडकमा स्लाब ढलान गर्ने काम भईरहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । सडकमा पिच गर्ने काम भन्दा स्लाब ढलानको कामलाई बढी प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
गाउपालिकाको बिभीन्न स्थानमा गरी ८ सय मिटर सडकमा पिच गरिएपनि ४ किलोमिटर सडकमा स्लाब ढलानको काम चालु आर्थिक बर्षमा सकिने उहाँले बताउनुभयो । पिच सडकको तुलनामा सडकमा स्लाब ढलान गर्दा बलियो, टिकाउ र पानी बगिरहेको समयमा पनि कुनैपनि असर नगर्ने भएकाले स्लाब ढलानलाई बडी जोड दिइएको उहाँले बताउनुभयो । सबै भन्दा बडी रकम खानेपानी र पुर्बाधारको क्षेत्रमा खर्च गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
यसैगरी मकवानपुर गढी गाउँपालिकामा पनि सबै जसो वडामा सडक पुर्बाधार निर्माणका काम भईरहेका छन् । सडक नपुगेका स्थानमा उपभोक्त समिति मार्फत ट्रयाक खोल्ने काम भईरहेको छ । सडक पुगिसकेका र गाउँका वडाका मुल सडकहरु भने स्लाब ढलान गर्न लागिएको छ । दुईबर्षको बिचमा सडक पिच गर्ने काम गढी गाउँपालिका वडानम्बर ५, ६, ४, ३ नम्बर वडामा तिब्रता पाएको छ ।
यो बर्ष सडक पिच गर्ने काम भने नगरिएको र सडक स्लाब ढलान गर्ने कामले तिब्रता पाएको गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो । चालु आर्थिक बर्षमा गाउँपालिकाले बिभीन्न स्थानमा गरी पाँच किलोमिटर सडकमा स्लाब ढलान गर्न लागेको छ । त्यस मध्यमा अधिकांश काम भने सकिएको उहाँले बताउनुभयो । अरु पुर्बाधारका काम संगै ठुला सडकलाई पक्की बनाउने अभियान गाउँका वडामा कार्यालय र आसपासका क्षेत्रमा बडी जोड दिइएको उहाँले बताउनुभयो ।