मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना, एक जनाको मृत्यु दुईजना घाईते

जनपत्र
१० जेष्ठ २०७६, शुक्रबार ११:३२

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अरु दुईजना घाईते भएका छन् । बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने ४५ बर्षिय कनैया साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमकार सिंहले बताउनुभयो । दुर्घटनामा परी भीमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने २० बर्षिय महेश भुलन (चालक)  र भारतको बेतीया बस्ने बर्ष २२ का कनैयाकुमार साह घाईते भएको उहाँले बताउनुभयो । घाईतेहरुलाई उपचारको लागि बल्खु काठमाडौंस्थित बैध अस्पतालमा लगिएको छ । लिची बोकेर काठमाण्डौ जान लागिएको बोलेरो दुर्घटनामा परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*