हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

जनपत्र
१ मंसिर २०७८, बुधबार ०७:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक भैंसी बोकेको बोलेरो गाडिले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बलेरो गाडीले हेटौंडा बजारबाट रातोमाटे तर्फ जाँदै गरेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ बर्षीय अबिरल रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले वताउनुभयो । दुर्घटनामा घाइते भएका उनलाई हेटौडा अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । गएराती पौने एक बजे बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*