शेयर बजार साढे ६९ अंकभन्दा धेरैले बढ्यो, साढे पाँच अर्ब रुपैयाँको कारोबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । नेप्से ६९ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । दुई सय २७ कम्पनीका एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज ६ वटा कम्पनीको शेयर १० प्रतिशतभन्दा धेरै बढेर सकरात्मक सर्किट लागेको छ भने सातवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । समग्र बजार बढे पनि विजय लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।