कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना कार्यकर्ता पक्राउ
सुर्खेत – बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका २० जना कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सडक अवरुद्ध तथा सवारी साधन आगमनमा अवरुद्ध गर्न खोजेको भन्दै पक्राउ गरिएको हो । प्रहरीले रुकुमपश्चिममा १३ र सुर्खेतमा सात जना पक्राउ गरेको छ । मुगुमा भने आगलागी भएका कारण बन्द फिर्ता लिएको छ ।