सर्वाेच्च अदालतका चार जना न्यायाधीश नियमित काममा फर्किए

जनपत्र
३० कार्तिक २०७८, मंगलवार १४:२६

काठमाण्डाै – ​प्रधानन्यायधीशसँग असन्तुष्ट भएर काम छाडेका सर्वाेच्च अदालतका न्यायाधीशमध्ये चार जना न्यायाधीशहरु नियमित काममा फर्किएका छन् ।

न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले  बन्दी प्रत्यक्षीकरण बाहेकका अरु सामान्य मुद्दाहरुमा पनि सुनुवाइ शुरु गरेका छन् । न्यायाधीशहरु प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दी प्रत्यक्षीकरण मात्रै मुद्दा हेर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलास तोक्नुभएको छ ।

सर्वाेच्च अदालतका १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनसँगको छलफलमा रहेका छन् । प्रधानन्यायाधीश जबराले सरकारमा मन्त्री भाग खोजेको आरोपपछि नेपाल बार एसोसियशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*