कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राहत लिएर गमगढी जाँदै

जनपत्र
३० कार्तिक २०७८, मंगलवार १२:०८

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गर्नु भएको छ ।

उहाँ राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उहाँले बताउनुभयो ।

गएराति १२ बजेदेखि लागेको आगोका कारण २१  वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि  जलेर नष्ट भएका छन् । यस्तै, आगो निभाउनका लागि एउटा घर भत्काइएको छ । गएराति १२ बजेदेखि लागेको आगो अघि बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ ।

सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो । स्थानीय ठिग्ने लामाको घरमा बालेको दियोबाट आगो सल्किएको अनुमान गरिएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*