सुनको भाउ आज ५ सय रुपैयाँले बढ्याे
जनपत्र
३० कार्तिक २०७८, मंगलवार ११:५०
काठमाण्डाै – हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।