तीन महिनामा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले बढ्यो

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ११:४७

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ ।

गएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ ।

साउन, भदौ र असोजमा पोहोरको भन्दा ७४ करोड २१ लाख रुपैयाँ धेरै नाफा भएको टेलिकमको रिपोर्टमा उल्लेख छ । यस्तै, गएको वर्षको पहिलो तीन महिनाको कुल आय  १० अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो तीन महिनामा ८४ करोड ७८ लाख रुपैयाँले बढेर १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यस्तै, गएको आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा भन्दा यो वर्षको त्रैमासिकमा सञ्चालन आय एक अर्ब १३ करोड रुपैयाँले बढेर ९ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ पुगेको नेपाल टेलिकमले जनाएको छ ।

फोर जी आयोजना विस्तार भएसँगै ग्राहक बढेका, मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको, फाइबर टु दि होमका ग्राहक बढेका, कोरोना विरुद्धको खोप लगाउने क्रम तीव्र हुँदा कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको लगायतका कारणले टेलिकमको आय तथा नाफा बढेको टेलिकमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*