नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ११:३५

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला टोली र कतारबीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ।

पहिलो खेल दिउँसो पौने पौने चार बजे दोहाको वेष्ट इन्ड पार्क रङ्गशालामा सुरु हुनेछ । कोरोना महामारीका कारण प्रतियोगिताबाट वञ्चित भएको नेपाली महिला टोलीले २३ महिनापछि आज क्रिकेट श्रृङ्खला खेल्दैछ ।

आईसीसी वुमन्स टी–२० विश्व कप अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टोलीले कतारसँग ३ वटा टी–२० खेलको श्रृङ्खला खेल्न लागेको हो ।

कतारसँग भोलि दोस्रो र पर्सि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ।

छनोटको पहिलो खेलमा नेपालले मंसिर ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्।

समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*