बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित, राजमार्गमा गाडी चलेनन्

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ०७:५३

हेटौंडा । बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित भएो छ । बिशेषगरी हेटौंडा बजार क्षेत्रका पसलहरु खुलेका छैनन् । भित्री सडकमा फाट्ट फुट्ट मात्र पसलहरु खुलेका छन् ।

मकवानपुर भएर चल्ने पूर्वपस्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथमा ठुला सवारीका साधनहरु चलेका छैनन् । साना सवारीका साधन भने चलेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।

हिजोआज अरुबेलामा हेटौंडाको मुख्य बजार क्षेत्रमा जाम समेत हुने तर, आज भने साना खालका सवारीका साधन मात्र चलेका छन् । राजमार्ग र भित्रीसडकमा थोरै मात्र सवारीका साधनहरु चलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । यस्तै अत्यावश्यक कामले बाहिर जानुपर्ने यात्रुहरु पनि हेटौंडामा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै हेटौंडा आइपुगे पनि हेटौंडाबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न हेटौंडाका चोक चोकमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*