सरकार टिकाउन मुख्यमन्त्री राईको रणनीति : गठबन्धनका सांसदलाई होटलमै राखे
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।
पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।
मुख्यमन्त्री राईले भने प्रदेशसभाबाट विश्वासको मत पाउन कुनै समस्या नभएको बताएका छन् । ‘विश्वासको मतका लागि संयुक्त रुपमा सल्लाह गर्न र केही सांसदहरूलाई निर्देशन दिन गठबन्धन दलका सबै प्रदेश सांसद एकै ठाउँ भेला भएका छौं,’ उनले भने, ‘सांसदहरूसँग हट कन्ट्याक्टमा बस्न र सानोतिनो समस्यामा फस्दा विश्वासको मत दिन छुट्नसक्ने भएकोले पनि भेला भएका हौं ।’
सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार १२स् ३० बजे प्रदेशसभा बैठक बोलाएका छन् । यसअघि कात्तिक २३ गते बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेकोले मुख्यमन्त्री राईको आग्रहमा सभामुख भण्डारीले मंगलबारसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरेका थिए ।
संविधानको धारा १६८ ९४० को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा १६८ ९३० मा उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभा सबैभन्दा बढी सदस्यहरू भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँच दलीय गठबन्धनका ५० सांसद रहेकोले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिन नहुने देखिएको छ । ९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ ।
प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका ४१ मध्ये एकजना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । ईकान्तिपुरबाट