राक्सिराङमा एउटा एक्साभेटरमा आगजनी, दुइवटामा तोडफोड

जनपत्र
२९ कार्तिक २०७८, सोमबार १८:५१

हेटौंडा । मकवानपुरको राक्सिराङमा एउटा एक्साभेटरमा आगजनी गरिएको छ । अरु दुइवटा एक्साभेटरमा तोडफोड गरिएको छ । हेटौंडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका वडा ४ गिंगु खानीमा एउटा एक्साभेटरमा आगजनी भएको छ भने २ वटामा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३–०१–००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ।

त्यसैगरी पार्किङ गरेको बा २ क ५८९ र बा ३ क ६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको प्रहरीले जनाएको छ । आगजनी र तोडफोड कस्ले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*