अख्तियारको हेटौंडा कायालयद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कायालयद्वारा प्रदेश प्रमुख यादबचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन पेस गरेको छ । आज अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मालाई २१ औं वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।
आर्थिक वर्ष २०७७–०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९२९ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । उजुरी मध्ये ५११ वटा उजुरीहरू फच्यौट भएका छन् । जसमध्यमा २७३ वटा उजुरीहरु प्रारम्विक छानविनबाट तामेलीमा राखिएको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ ।
५७ वटा उजुरीहरु सुझाब सहित तामेलीमा पठाइएको छ । फच्यौट भएका उजुरी मध्यमा ५४ वटा उजुरीमा बिस्तृत अनुसंधान गर्ने निर्णय भएको अख्तियारको हेटौंडा कार्यालयका प्रमुख शर्माले वताउनुभयो ।