ओखलढुङ्गामा जीप दुर्घटना : एकै गाउँका चार जनाको ज्यान गयाे, शाेकमा डुब्याे गाउँ

जनपत्र
२९ कार्तिक २०७८, सोमबार १४:३०

ओखलढुङ्गा – ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा रहेकाे ककनी मन्दिर दर्शनका लागि गएका चार जनाकाे जीप दुर्घटनामा ज्यान गएको छ ।

ककनी मन्दिर जाँदै गरेकाे प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा सडकबाट झन्डै ६ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा सबै सिद्धिचरण नगरपालिका १० काे रुप्सेका रहेका छन् । दुर्घटनामा  १७ वर्षीया तुलसा मगर,  ३५ वर्षीया मिठूमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट काठमाण्डौ पठाइएको र अन्य नाै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

मन्दिर दर्शनका लागि गएका एकै गाउँका चार जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । गाउँका यति धेरै मान्छे दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शोकमा डुबेका सिद्धिचरण १० का वडाध्यक्ष दामोदर धमलाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*