एनएमबि बैंकको ‘ब्राण्ड एम्बेस्डर’ पल शाह

जनपत्र
२९ कार्तिक २०७८, सोमबार १३:४२

काठमाण्डाै – एनएमबि बैंकले ‘भिडियो केवाईसी’ एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाताखोली कारोबार गर्न सकिने नयाँ योजना ल्याएको छ ।

बैंकले हिजाे काठमाण्डौमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको जानकारी गराएकाे हाे ।

यो सेवामार्फत अब ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइनमा नयाँ खाता खोल्नुका साथै आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।

बै‌ंकले याे सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग सेवा प्रदान गर्ने  प्रतिबद्धता जनाएकाे छ।

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाज सेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत याे जानकारी गराएको हो ।

बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । उहाँले एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*