स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयाे
स्याङ्जा – स्याङ्जाको आँधीखोलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
आँधीखोला गाउँपालिका-५ एकरायमा रहेकाे भित्रि सडकमा ग १ त ६४४० नम्बरकाे ट्र्याक्टर नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ट्र्याक्टरका चालक भानु नगरपालिका-५ तनहुँका ३८ वर्षीय सन्तोष गुरुङको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि तनहुँकै ३४ वर्षका रेशम गुरुङ घाइते हुनुभएकाे प्रहरीको भनाइ छ ।







