प्रदेश ३ को नीति तथा कार्यक्रम जेठ १४ गते ल्याइने, कृर्षि, पर्यटन्, पूर्बाधार जोड

जनपत्र
१० जेष्ठ २०७६, शुक्रबार ०७:३४

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रमका लागि सबै जसो तयारी पुरा भएको छ । केही बाँकी काम भने गरिदै छ । जेठ १४ गतेको संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश सरकार गठन भएपछी दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । यसको तयारीका लागि कर्मचारीहरु निरन्तर काममा खटिएको उहाँले बताउनुभयो । प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिनेगरी नीति तथा कार्यक्रममा समेटिने मन्त्री ढुंगेलले बताउनुभयो ।

प्रदेशको सांस्कृतिक, भासिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याईने उहाँको भनाई छ । प्रदेश ३ का सातवटै मन्त्रालयले आफ्ना प्रस्तुतीकरणका कार्यक्रम राखिसकेपछी यही आधारमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । नीति तथा कार्यक्रममा मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण बर्ष सफल पार्ने, पुर्बाधार बिकाश लगायतका काम समेटिने गरी नीति तथा कार्यक्रम तयार हुँदै छ ।

संघिय सरकारको नारालाई प्रदेश सरकारले साथ दिनेगरी नीति तथा कार्यक्रम ल्याईने उहाँले बताउनुभयो । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने तयारी रहेको आर्थिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि आर्थिक मामिला मन्त्रालयका सबै महाशाखा, साकाका कर्मचारीहरु बिहान देखि बेलुका सम्म काममा खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*