प्रकृतीको काखमा लुकेको लेकाली बेशीफाँट बिद्यालय

हेटौंडा/मकवानपुरको पर्यटकिय स्थल सिम्भञ्ज्याङभन्दा अलि तल, चारैतिर हरियाली बन जंगल, सानो सानो चिटिक्क परेको चारैतिर छरिएको बिद्यालय भवन, छात्रावास, बिद्यार्थी बोक्ने गाडीको सुबिधा र राम्रो खेल मैदान सहितको सुन्दर अनि मनोरम वातवरणमा प्रकृतीको काखमा लुकेको लेकाली बेशीफाँट बिद्यालय हो यो ।
भौगोलिक अबस्थाका कारण त्यस क्षेत्रका बिद्यार्थीहरुलाई बिद्यालय आउनलाई कठिनाई भएपनि भिमफेदी गाउँपालिका र थाहानगरपालिकाको माथिल्लो भेगको बिद्यार्थीहरुको लागि एक मात्र बिद्यालय हो । भिमफेदी गाउँपालिका ९ मा अबस्थित उक्त बिद्यालय सदरमुकामबाट दुरीको हिसाबले टाढा भएपनि शैक्षिक गुणस्तर, बिद्यालयको भौतिक संरचना र ब्यबस्थापन निक्कै राम्रो छ । टाढाको यस बिद्यालयमा यस बर्षको बिद्यार्थी भर्ना अभियानपछी बिद्यार्थी पनि बढेका छन् । बिद्यालयका होस्टल सहितको सुबिधाका कारण धेरै टाढाबाट आउने बिद्यार्थीलाई सहज भएको शिक्षकहरु बताउँछन् ।