मकवानपुरका पत्रकारहरुलाई तीन दिने विज्ञान लेखन तालिम
हेटौंडा । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनमा बागमती प्रदेशको राजधानी हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम आजबाट सुरु भएको छ । तालिमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकारहरुलाई पेशाप्रति थप प्रतिवद्ध बनाउन यस्ता तालिमहरुले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार राष्ट्रको गहना भएको बताउँदै मेयर महतले इमान्दारिताका साथ स्वच्छ, निश्पक्ष एवम् तत्थ्यपूर्ण समाचार सम्प्रेषण गर्ने कार्यमा पत्रकार सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो । पत्रकारलाई संस्थागत रुपमा यसअघि पनि सहयोग गरिएको र अब पनि सहयोग गर्ने मेयर महतको भनाई छ ।
मकवानपुरका विभिन्न सञ्चारमाध्यममा आवद्ध रहेका पत्रकारलाई विज्ञान सम्बन्धि लेखन वृद्धि तालिम भएको हो । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतको प्रमुख अतिथ्यता तथा नास्टका सचिव प्रा डा महेश कुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली, विज्ञान लेखन तालिमका प्रशिक्षक केदार शर्मा, नास्टका प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना ब्रज लगायतको आतिथ्यता रहेको थियो । तालिमका मकवानपुरका २२ जना सञ्चारकर्मीहरुको सहभागीता रहेको छ ।







