नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

जनपत्र
२८ कार्तिक २०७८, आईतवार १५:४२

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ ।

आज दुई सय ३० कम्पनीका ७४ लाख ३४ हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएलकोे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि बोटलर्स नेपाल, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*