चन्द्रागिरि हिल्सलाई नेपालकै ‘बेस्ट लक्जरी रिर्सोट’ को अवार्ड

जनपत्र
२८ कार्तिक २०७८, आईतवार १५:२४

काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा रहेकाे चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।

भारतको नयाँ दिल्लीमा गएकाे शुक्रवार बेलुकी आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्य सभाका सांसद विजयगोयलले त्याे पुरस्कार प्रदान गर्नुभएको हो ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा लक्जरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*