रोल्पामा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, तीन जना घाइते

जनपत्र
२८ कार्तिक २०७८, आईतवार १४:१३

रोल्पा – रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँका लागि छुटेकाे रा १ ज ३८२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जना पुरुष र एक जना महिलाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे ।

जीप दुर्घटनामा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विककाे ज्यान गएकाे छ ।  तीन जनाकै घटनास्थलमै ज्यान गएकाे डीएसपी सुवेदीले बताउनु भयाे ।

दुर्घटनामा माडी–६ हान्निङका २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै गरिएको प्रहरीले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*