आइतबार सार्वजनिक वित्तीय विवरण अनुसार यस कम्पनीको नेटवर्थ २३ दशमलव ७६ प्रतितशले घटेर २४० रुपैयाँ ०७ पैसामा झरेको छ भने ईपिएस बढेर १० रुपैयाँ २७ पैसा पुगेको छ ।
बुटवल पावर कम्पनीले ४६ प्रतिशतले बढायो मूनाफा
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५८ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४६ प्रतिशतले धेरै हो ।
गत वर्षको पहिलो तीन महिनामा बुटवल पावर कम्पनीले ५ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद मूनाफा आर्ज गरेको थियो । कम्प्नीको नेटवर्थ प्रति शेयर घटेको छ भने प्रतिशेयर आम्दानी (वार्षिक) मा भने थोरै सुधार देखिएको छ ।