खोटाङकाे बराहपोखरीमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा

जनपत्र
२८ कार्तिक २०७८, आईतवार ११:३८

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएका हुन्।

दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकादशीका बेला सार्वजनिक बिदा दिँदै आएका छन् ।

हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शङ्खेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा बाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन मेला लाग्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*