सुन चाँदीको भाउ आज पनि बढ्यो

जनपत्र
२८ कार्तिक २०७८, आईतवार ११:३५

काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुनको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको भाउ आज पनि बढेको छ ।

चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ अस्ति शुक्रवारकाे भन्दा २५ रुपैयाँले महँगो हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*