काठमाण्डौको ग्वार्को चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

जनपत्र
२८ कार्तिक २०७८, आईतवार ११:२७

काठमाण्डाै – काठमाण्डौको ग्वार्को चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षका विनोद बुढाथोकीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटर अनियन्त्रित भएर आफैँ पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*