इन्धनको मूल्य वृद्धिविरुद्ध हेटौंडामा दिनहुँ विरोध प्रदर्शन, जुलुसमा निस्कने र प्रहरीका बिचमा घम्साघम्सी
हेटौंडा । सरकारले गरेको इन्धनको मूल्य वृद्धिविरुद्ध हेटौंडामा दिनहुँजसो विरोध प्रदर्शन भइरेको छ । सरकारले उपभोक्ताको ढाड सेक्नेगरी गरेको मुल्यबृद्धीको बिरुद्धमा बिद्यार्थी देखि पाटीका नेताहरु सम्म लागेका छन् ।
हेटौंडामा दिनहुँजसो साझपख मूल्यबृद्धिका बिरुद्धमा राकेजुलस निस्कने गरेको छ । साँझ पर्ने वितिकै प्रदर्शन गर्ने र प्रहरीबिचमा घम्साघम्सी पर्ने गरेको छ । बिप्लब नेतृत्वको नेकपा माओबादी पार्टी र एमाले निकटको बिद्यार्थी संगठन अनेरास्ववियुले मूल्यबृद्धीका बिरुद्धमा हेटौंडामा दुइदिन राकेजुलुस निकालेका थिए । त्यसलाई नियन्त्रणमा लिनका लागि हेटौंडाको सिमाचोबकमा प्रहरीले सास्ती खेप्नुपर्यो ।
पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस प्रदर्शन गरेको छ । शनिबार नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौँडाको बुद्धचोकसम्म अनेरास्ववियु मकवानपुरको आयोजनामा मसाल जुलुस प्रदर्शन गरेको हो ।
यस्तै सुक्रबार साँझ बिप्लप नेतृत्वको नेकपा माओबादीले हेटौंडाको बजार क्षेत्रमा राकेजुलुस र सभा समेत गरेर विरोध प्रदर्शन गरेको थियो । मुल्यबृद्धीको बिरोधमा नेपाल वन्द सम्मको चेतावनी उसले दिएको छ । तर, सरकारले मुल्यबृद्धी फिर्ता लिने कुनै तयारी गरेको छैन ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि मूल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले आज हेटौँडामा मसाल जुलुस प्रर्दशन गरेको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।