हेटौंडाका ढकाल र लुँइटेलको सचेतनामुलक म्यूजिक भिडियो ‘हे दैव’ सार्वजनिक

जनपत्र
२७ कार्तिक २०७८, शनिबार १८:२४

हेटौंडा । गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलको स्वरमा रहेको ‘हे दैव’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई देखाइएको भिडियो आज हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका ६ नंबर वडा कार्यालयको सहयोगमा स्टेट भिजन प्रालिले सो भिडियो तयार पारेको हो । गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष अर्जुनप्रसाद चौँलागाईले जनमानसमा कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सचेतना पुर्याउने र स्थानीय कला संस्कृतिको जगेर्णा गर्ने उदेश्यले सो म्यूजिक भिडियो निर्माण गर्न वडाको तर्फबाट पनि सहयोग गरिएको बताए ।

सामाजिक उत्तरदायीत्वलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको सो भिडियोले वडावासीहरुमा मात्र नभई देशैभर एउटा सकारात्मक सन्देश प्रवाह हुने उनले बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल र स्टेट भिजन प्रालिका गिरिजा अधिकारीले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै समाजप्रति सचेतना पुर्याउने उदेश्यले म्यूजिक मिडियो निर्माणमा सहयोग पुर्याएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*