मकवानपुरका एमाले महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण

जनपत्र
२७ कार्तिक २०७८, शनिबार १८:३०

हेटौँडा । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत १७ जना महाधिवेशन प्रतिनिधिलाई आज प्रमाणपत्र वितरण गरिएको छ । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका थिए ।

सर्वसममत हुने प्रतिनिधिलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज समेत रहेका रामेश्वर रानाको प्रमुख आतिथ्यतामा प्रमाणपत्र वितरण गरिएको हो । सर्वसम्मत रुपमा प्रतिनिधि छानिएकाहरु मध्ये क्षेत्र नंबर एकका निर्वाचन अधिकृत देवराज रिमाल र क्षेत्र नंबर २ का मुकुन्दप्रसाद अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले छिमेकी जिल्ला चितवनमा हुने महाधिवेशनलाई भब्यताको साथमा सम्पन्न गराउन एमाले मकवानपुरको महत्वपूर्ण भूमिका हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*