चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किन थाले पर्यटक
साेलुखुम्बु – चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै करिब ४ सय जना पर्यटकले खुम्बु छाडेका छन् । उनीहरु शुक्रबार १२ वटा र शनिबार १२ वटा गरि २४ वटा हवाइ उडान मार्फत खुम्बुबाट फर्किएका हुन् । दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिँदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएका छन् । खुम्बुबाट फर्किने पर्यटककाे चाप बढेसँगै टिकट काउन्टरहरुमा टिकट लिनेहरुको भीड बढेको छ ।
काठमाण्डौबाट आउनेहरु न्यून भएपनि लुक्लाबाट फर्किनेहरु भने उल्लेखनीय रहेको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ । यस्तै हेलिकप्टर मार्फत पनि त्यतिकै मात्रामा पर्यटकहरु फर्किरहेका छन् । याे सिजनमा खुम्बु भ्रमण गर्नेहरु बढी जसो नेपाली नागरिक नै रहेका छन् ।