चोरीको मोबाइलसहित एक भारतीय पक्राउ
पर्सा प्रहरीले मोबाइल चोरी गर्नेहरुमाथि निगरानी बढाएको छ। यसैक्रममा पर्सा प्रहरीले एक जना भारतीयलाई बिहीवार दिउँसो वीरगंजको शंकराचार्य गेट नजिकबाट समातेको छ।
प्रहरीले चोरी तथा डाँका मुद्दाको क्रममा अनुसन्धान गर्न भारतको बिहार रक्सौल(२३ का २० वर्षीय निरज कुमार यादवलाई नियन्त्रणमा लिएको हो। उनीमाथि चोरी तथा डाँका मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ। उनको साथबाट ओप्पो, सामसुङ, पोको र रेडमीको गरी चार थान मोबाइल बरामद भएको छ।
गत चैत १ गते वीरगंज(२३ प्रसौनीविर्ता बस्ने साहेब प्रसाद साहको घण्टाघरमा सञ्चालनमा रहेको रेयान्स रौनक ट्रेडर्स ९मोबाइल पसल०मा बिहान करिब ३ बजेको समयमा चोरी भएको थियो। त्यस बेला करिब साढे १० लाख मूल्य बराबरको मोबाइलहरु चोरी भएको थियो।
प्रहरीको टाउको दुखाई बन्यो मोटरसाइकल र मोबाइल चोरी
पछिल्लो समय मोबाइल र मोटरसाइकल चोरीको घटनामा प्रहरी गम्भीर बन्न थालेको बताइएको छ। पर्सा प्रहरीका अधिकारीका अनुसार यी दुवै वस्तु चोरी गरेर चोरीको समान नेपालबाट भारत र भारतबाट चोरी गरिएको समान नेपालमा बिक्री गर्ने परिपाटीले दुवै देशको सुरक्षा अंगको लागि यो विषय चुनौतीको रुपमा रहेको छ।