इन्डोनेसियाको ज्वालामुखी पर्वतमा गणेश भगवानको पूजा गर्ने आदिवासी हिन्दू को हुन् ?

जनपत्र
२७ कार्तिक २०७८, शनिबार ०६:२५

संसारको दोस्रो ठूलो मुस्लिम देश इन्डोनेसियामा शनिवार शताब्दियौं पुरानो धार्मिक समारोह याद्न्या कसाडा आयोजना गरिएको छ ।

उक्त उत्सवमा इन्डोनेसियामा बस्ने हिन्दू आदिवासी टेंगरहरू सहभागी भए । यसक्रममा ती आदिवासीहरूले देवताहरूलाई प्रसन्न बनाउनका लागि पूर्वी जाभाको प्रोबोलिंगगोमा रहेको माउन्ट ब्रोमो ज्वालामुखीको क्रेटरमा अनाज, सागपात, पशुपक्षी र अन्य खानेकुरा हवन गरेका छन् ।

ती आदिवासी हिन्दूहरूले भगवान् गणेशको पूजाआराधना पनि गरेका छन् । त्यहाँ गणेशजीको पूजा अर्चना गर्ने र ज्वालामुखीमा फल र सागपात अर्पण गर्दा त्यो विस्फोट नहुने र मानिस सुरक्षित रहने मान्यता राख्छन् ।

माउन्ट ब्रोमो नजिक रहेका लगभग ३० गाउँमा यस जनजातिका लगभग एक लाख मानिस बसोवास गर्छन् । उनीहरू आफूलाई माजापहित राजकुमारहरूको वंशज हिन्दू मान्छन् ।

१३औंदेखि १६ औं शताब्दीको बीचमा इन्डोनेसियाको पूर्वी जाभामा उक्त राजवंशको शासन थियो । यिनीहरूको अधिकांश जीवन जंगलमा बित्छ र पशुपक्षी तथा फलफूल सागपात खाएर गुजारा गर्छन् ।

टेंगर जनजातिमा हिन्दू धर्म मान्नेको संख्या धेरै छ अनि बौद्ध तथा स्थानीय धर्म मान्नेहरू पनि छन् । बालीमा जस्तै यहाँ पनि मानिसहरू हिन्दू र बौद्ध देवताका अलावा इडा साङ हयाङ विडी वासा अर्थात् सर्वशक्तिमान भगवानको पूजा पनि गर्छन् ।

पोटेन माउन्ट ब्रोमो नजिकको पवित्र क्षेत्र हो । त्यहाँ प्रत्येक वर्ष कसाडा समारोह आयोजना गरिन्छ । त्यहाँ आएर मानिसहरू केही दिन बसेर पूजापाठ र आराधना गर्ने गर्छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*