आईफोन १३ मा देखिएको समस्या समाधान गर्ने एप्पलको वाचा

जनपत्र
२७ कार्तिक २०७८, शनिबार ०६:१६

एप्पलले आईफोन १३ मा देखिएको फेसियल रिकग्निसन सेक्युरिटी समस्या समाधान गर्ने वाचा गरेको छ। आइफोन १३ मा फेसियल रिकग्निसन सेक्युरिटीमा समस्या देखिएको थियो।

यो मोडेलमा एउटा चिप छ, जसले फोनसँग स्क्रिनलाई जोड्ने गर्छ र फोनलाई नयाँ स्क्रिनसँग जोडाउन विशेष सफ्टवेयर उपकरणहरू चाहिन्छ। केही टेक्निसियनहरुले फेसियल रिकग्निसन सेक्युरिटी फिचरले त्यो उपकरण बिना मर्मत काम नगरेको पत्ता लगाएका थिए। यसका लागि एप्पलले सफ्टवेयर अपडेट गर्ने जनाएको छ। त्यसपछि यस समस्या समाधान हुने बताइएको छ।

यो समस्या पहिलो पटक ष्ँष्हष्त नामक कम्पनीले पत्ता लगाएको थियो। यो कम्पनीले उपकरण, भाग र प्राविधिक मर्मत गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*