टी–२० विश्व कपकाे सेमिफाइनलअघि रिजवानले ‘दुई रात आईसीयू’ मा बिताएका थिए
काठमाण्डाै – टी–२० विश्व कपमा पाकिस्तानले अस्ट्रेलियासँग सेमिफाइनल खेल हारे पनि उसले सबैको मन जितेको छ । पाकिस्तानी टोलीले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्याे । उसका ओपनर बाबर आजम र मोहम्मद रिजवानले प्रतियोगिताभरि आफ्नो टिमलाई सानदार सुरुवात दिलाए ।
तर तपाईँलाई थाहा छ, सेमिफाइनलको खेलभन्दा दुई दिनअघि रिजवान आईसीयूमा थिए । उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो तर अस्ट्रेलियासँगको महत्त्वपूर्ण खेलमा उनी टिममा फर्किँदै सानदार पारी खेले ।
रिजवान अस्ट्रेलियासँगको खेलभन्दा अघि दुई रात अर्थात् झन्डै ३६ घण्टासम्म आईसीयूमा थिए । उनलाई दुबईको मेडियोर अस्पतालमा भर्ना गरिएको थियो । रिजवानलाई छातीमा सङ्क्रमणको समस्या देखिँदा सास फेर्न पनि समस्या भइरहेको थियो । यसको जानकारी पाकिस्तान टिमका डाक्टरले खेलपछि दिए ।
यद्यपि रिजवानले खेलमा फर्किएर सानदार ६७ रन बनाए । उनकै ६७ रनको मदतमा पाकिस्तानले एक सय ७६ रन बनाएको थियो ।
अहिले यो खबर सार्वजनिक भएसँगै रिजवानको चौतर्फी प्रशंसा भइरहेको छ ।
अन्तिम अपडेट: कात्तिक २६, २०७८