एमालेकाे १० औँ महाधिवेशनकाे लाेगाे सार्वजनिक, गैँडाकाे हातमा झन्डा

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार १४:२०

ललितपुर – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशनकाे लाेगाेमा गैँडाले पार्टीकाे झन्डा बाेकेकाे देख्न सकिन्छ ।

आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले त्याे लोगो सार्वजनिक गर्नुभएको हो ।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने प्रणालीबारे जानकारी गराउनुभएको थियो ।

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । त्यसका लागि भोलि शनिवार देशभर प्रतिनिधि चयन हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*