सर्वोच्च अदालत परिसरमा झडप, केही पक्राउ

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार १०:५९

काठमाण्डाै – कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप भएको छ । सर्वोच्च अदालत अगाडि  आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो ।

झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् । आज कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरेका छन् । हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने तयारी गरेको हो ।

यस्तै, कानुन व्यवसायीको आन्दोलनका कारण अहिले सर्वोच्च अदालत आसपासका सडकमा गाडीको चाप बढेको छ । माइतीघर मण्डला, थापाथली, सिंहदरबार चोक र पद्मोदय मोडमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*