नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार १०:०२

नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ। गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया भएको हो।

एमसिएलको शल्यक्रियासँगै अव नवयुग करिब ६(७ साता मैदान बाहिर हुने भएका छन् । स्रोतका अनुसार उनी करिब २ महिना मैदान बाहिर रहनेछन् । ‘नवयुगको सफल शल्यक्रिया भएको छ । ६(७ साता मैदान बाहिर हुनेछन्,’ आर्मी क्लब स्रोतले भन्यो। योसँगै नवयुगले ३ मसिंरबाट सुरु हुने लिगको सुरुआती खेल गुमाउने भएका छन्। साविक उपविजेता आर्मीले आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग खेल्दै लिगको सुरुआत गर्नेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ।

एन्फाले बाँकी चरणका खेल तालिका भने सार्वजनिक गरेको छैन। गत सिजन ९२०७६ साल० अन्तिम खेलमा आर्मीलाई लिग उपाधि पहिलो पटक हात पार्न १ अंक चाहिएको निर्णायक खेलमा मछिन्द्र एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो । आर्मीले अग्रप्रक्तिमा नवयुगले चोट बोकेसँगै कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिनेछ । नेपाल राष्ट्रिय टोलीका नियमित सदस्य नवयुगले गतसाता ब्रिगेड ब्वाईज क्लबसँग एन्फा मैदानमा भएको मैत्रिपूर्ण खेल खेल्ने क्रममा चोट बाकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*