प्रदेश ३ का सांसदलाई मन्त्री ढुंगेलको जवाफ–कुण्ठा नपोख्नुस्, गल्ती औल्याउनुस्

हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङगेलले संरचना र कर्मचारीका कारण बजेट कम खर्च भएको बताएका छन् ।
प्रदेशसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकताको तीव्र आलोचना भइरहेको बेला प्रदेशसभामा जवाफ दिदैं मन्त्री ढुंगेलले समयमै कर्मचारी नआउँदा पुँजीगत खर्च कम भएको बताए ।
‘गत वर्षको मंसिरमा संरचना तयार भयो अनी कर्मचारी चैत्रमा आए कसरी काम हुन्छ र खर्च देखिन्छ,’ मन्त्री ढुंगेलले भने ।
सांसदले गरेको आलोचनाप्रति रुष्ट भएका मन्त्री ढुङगेलले मनका कुण्ठा पोख्न मात्र नभइ सरकारको कामको गल्ति औंल्याउने गरी बोल्न भनेका थिए ।
उनले अघिल्लो आर्थिक वर्षमा सरकारले संरचना र कर्मचारीको अभावका कारण काम गर्न नसके पनि आउँदो आर्थिक बर्षमा काम गरेर देखाउने विश्वास सांसदहरुलाई दिलाए ।
विपक्षी दलका सांसदले सरकारले हचुवाको भरमा अहिले पनि सिद्धान्त र प्राथमिकता ल्याएको आरोपलाई खण्डन गर्दै उनले अघिल्लो वर्षको समीक्षा गरेरै ल्याएको बताए ।
उनले सांसदहरुलाई जवाफ दिदैं भुगोल, आकार, बर्गसंख्या र जनसंख्या हेरेरै सरकारले बजेट ल्याउने जवाफ दिए ।
बिहीबारको सभामा २१ जना सांसदले बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा आफ्ना धारणा राखेका थिए । संसद रिता माझिले जनताको पीडा र समस्यालाई बुझने खालको कार्यक्रम ल्याए सरकारको समर्थन गरीने बताइन् । अनलाईनखबरबाट ।