रिक्त रहेका देशमा राजदुत नियूक्त गर्ने सरकारको तयारी
शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि राजनितिक नियुक्तीमा फेर बदल भईरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्ती खारेजी गर्दै गठबन्धको सरकारले नयाँ नियुक्ती प्रक्रिया थालेको छ । बिभिन्न राष्ट्रका लागि नियूक्त भएका राजदुत फिर्ता बोलाएर सरकारले नयाँ राजदुत सिफारिस गर्ने भएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजुदत खटाएको छ भने बाँकी देशहरुमा नयाँ व्यक्ती खटाउने तयारी गरेको छ ।
भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । अब चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ ।
चीनको लागि नेपाली राजदूतमा चिनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ । चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । युवा कुटनीतिज्ञ सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।
कांग्रेसले भने आफ्नो कोटाबाट केही नयाँ अनुहार पठाउने सम्भावना रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदुतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ । राजदुत नियुक्तीका लागि गृह कार्य भईरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाई छ । गठबन्धनको सरकार भएका ति दलले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यहि आधारमा नयाँ राजदुत नियूक्त गरिने भएको हो । नेपालप्रेसबाट







