हेटौंडामा निम्न आय भएकालाई उद्यमी बनाइदै

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार ०८:१४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा निम्न आए भएका महिला र पुरुषलाई उद्यमी बनाइदै छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा उद्योग तर्फ बजेट छुट्याएर निम्न आए भएकाहरुलाई आयआर्जनमा जोड्नका लागि कार्यक्रम ल्याइएको मेयर हरि बहादुर महतले वताउनुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा तालिम प्राप्त उद्य्यमीका लागि ढाका उत्पादन कार्यक्रम गर्ने भएको छ । यसका लागि दश लाख रुपैयाँको कार्यक्रम गर्न लागिएको मेयर महतले वताउनुभयो । यसैगरी महिला उद्यमी तथा उत्पादन बजारिकरण बिक्री केन्द्र सहयोग कार्यक्रम पनि गर्न लागिएको उहाँले वताउनुभयो । यसका लागि दुइलाख रुपैयाँको कार्यक्रम गरिदै छ ।

यस्तै महिला जागरण समुह मार्फत उत्पादन भएका उद्यमीको आयआर्जन सहयोग कार्यक्रम, साना उद्यम विकास सहयोग कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम सञ्चालन निर्देशीका अनुसार आवस्यक्ता पहिचानका आधारमा आधारभूत पुनताजगी र एड्भान्स सिप विकास तालिम सञ्चालन गर्न लागिएको छ । नयाँ लघु उद्यमी सृजना गरिने, सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा बृद्धि गर्नका लागि कम्तिमा ५ जनाको समुहमा प्रविधि हस्तान्तरण गरिने मेयर महतले वताउनुभयो ।

यस्तै हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका क्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको हो ।

किसालनलाई खेती गर्नका लागि सहज होस भन्ने उदेस्यले मेसीनरीको सहयोग गर्न लागिएको महतले वताउनुभयो । किसानका लागि तरकारीका विउ वितरण, टनेल हाउस खेती कार्यक्रम, साना सिंचाइ कार्यक्रम, साना खेती सहयोग कार्यक्रम, बिभीन्न बालिका विउ वितरणको कार्यक्रम, पुस्प खेती प्रवर्दन कार्यक्रम, प्लाष्टीक पोखरी निर्माणको कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।

हेटौंडामा पछी थपीएका वडाका महिलाहरुलाई लक्षित गरेर कृषिमा महिला प्रोत्साहन कार्यक्रम, कृषि इन्जिनियररिङ प्रवर्दन कार्यक्रम, विउविजन संकलन भवन निर्माण, कृषि तथा पशुपालन कार्यक्रम, टनेल निर्माण, उन्नत विउ वितरणलाई प्रोत्साहन कार्यक्रम लगायतकाको क्षेत्रमा प्राथमिकताका साथ काम गर्न लागिएको उहाँले वताउनुभयो ।

मध्यम प्रविधि युक्त बहुउदेस्य फलफूल नर्सरी स्थापना कार्यक्रम, तरकारी बालीको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम, खाद्यान्न बालीमा उन्नत विउ उपयोगमा मुल्य अनुदान कार्यक्रममा सहयोग गरिने छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*