बागमती प्रदेशमा थप दुइ मन्त्रीको सपथ, आर्थिक मामिलामा जम्कट्टेल र स्वास्थ्यमा लामा

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १८:४९

हेटौंडा । बागमती प्रदेशमा थप दुइजना मन्त्रीले आज नियुक्ति लिएसंगै सपथग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुइजना मन्त्री थप गर्नु भएको हो । दुबै जना मन्त्रीको आज साँझ तोकिएको समय भन्दा दुइघण्टा ढिलोगरी सपथग्रहण गरिएको छ ।

कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नु भएको हो । साँझ पाँच बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गर्ने भनिएपनि बागमती प्रदेशमा चार दलको गठवन्धनदलभित्र कुरा नमिलेपछी दुइघण्टा ढिलोगरी सपथग्रहण कार्यक्रम भएको थियो ।

जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उहाँहरु दुबै जनाले आज साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको हो ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गर्नु भएको छ। भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*