पाकिस्तानकाे लाहोर ‘विश्वको सबैभन्दा प्रदूषित सहर’

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १८:०६

unn.prixa.net

काठमाण्डाै – अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार पाकिस्तानकाे लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ ।

पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो ।  त्यसैगरी त्याे सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ ।

त्यस्तै गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ ।

यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*