नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १६:०७

चितवन – नेकपा एमालेका शीर्ष नेताहरूले पार्टीकाे आसन्न १० ‍औँ महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।

आज बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेकाे हाे ।

पार्टीका महासचिव ईश्वर पोखरेल सँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, विष्णु रिमाल, योगेश भट्टराईलगायतका शीर्ष नेताहरू महाधिवेशन स्थल नारायणी किनारको अवलोकन गर्न चितवन पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*