५९ अङ्कले घटेको नेप्से २७ सय विन्दुभन्दा तल, पाँच अर्ब ११ करोड रुपैयाँको कारोबार

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १५:५७

काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज बिहीवार ५९ दशमलव ५७ अङ्कले घटेर दुई हजार ६ सय ९० दशमलव २९ विन्दुमा झरेको छ ।

आज सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय वटा कम्पनीको शेयर ओरालो लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार ओरालो लागेपनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९४ लाख ७५ हजार कित्ता शेयर पाँच अर्ब ११ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ४७ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*