सिभिल अस्पतालमा मिदासकाे अनलाइन अपोइन्टमेन्ट सेवा
काठमाण्डाै – मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।
याे सेवामार्फत बिरामीलाई अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न लाइन लाग्न नपर्ने र नागरिककाे समयको पनि बचत हुने छ ।
कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने कम्पनीकाे विश्वास छ ।