हेटौंडामा यसरी मनाइयो छठ पर्ब (फोटो फिचर)
हेटौंडा । हेटौंडाको रापती खोलामा छठपर्ब बिशेष रुपमा मनाइएको छ । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । हेटौंडाको रापतीखोला किनारमा तराइमुल र पहाडी मुलका नागरिकले छठपर्ब मर्नाका हुन् ।
छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड—१९) संक्रमण जोखिम कम भएकोले गत वर्षको तुलनामा हेटौंडामा भक्तजन बढी भेला भएका थिए । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन रापती किनारमा गएका हुन् ।
आज रातभर नदी रापतीखोला किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।