प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा मानार्थ महारथीको सम्मान

जनपत्र
२४ कार्तिक २०७८, बुधबार १४:२०

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ भारतीय महारथीको सम्मान पाउनुभएको छ ।

हिजो मङ्गलवार भारतको नयाँ दिल्ली जानुभएका प्रधानसेनापति शर्मालाई आज बुधवार राष्ट्रपति भवनमा भएको भव्य समारोहमा भारतीय राष्ट्रपति कोविन्दले मानार्थ महारथीको सम्मान दिनुभएको हो । समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह, भारतीय सेना अध्यक्ष एमएम नरवणे लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो ।

भारतीय सेनापति नरवणेले गएको वर्ष नै नेपाल आएर यहाँको मानार्थ महारथीको सम्मान लिइसक्नुभएको छ । नेपाल र भारतबीच एक–अर्का देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विक्रम संवत् २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*